दफा ३२
कुनै व्यक्ति जीवित छ भन्ने कुरा प्रमाणित गर्ने भार
कुनै व्यक्ति जीवित छ वा निजको मृत्य भैसकेको छ भन्ने प्रश्न उठेमा सो व्यक्तिको सम्वन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले निजका सम्वन्धमा कानून बमोजिम मृत्यु भएको अनुमान गर्न सकिने अवधि व्यतित भइसकेपछि पनि कुनै जानकारी पाएको छैन भन्ने प्रमाणित भएमा, निज जीवित छ भन्ने पक्षले नै सो कुरा प्रमाणित गर्नु पर्छ ।